काठमाडौं, १७ जेठ । प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथिको संशोधनलाई संसदीय समितिमा पठाउनुपर्ने विपक्षी दलको मागलाई सभामुख डोलप्रसाद अर्यालले बेवास्ता गर्दै जबरजस्ती निर्णयार्थ पेस गरेपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले राखेको मागलाई लत्याउँदै सभामुख अघि बढेपछि आक्रोशित विपक्षी सांसदहरूले वेल घेराउ र नाराबाजी गरेका थिए। पेलेर सदन चलाउन खोजिएको भन्दै एक सांसद सभामुखकै आसनसम्म पुग्न खोजेपछि उत्पन्न तनावपूर्ण स्थितिलाई मध्यनजर गर्दै बैठक रोकिएको हो।

