२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • भाजपाको निमन्त्रणामा रवि लामिछाने आज भारत...

भाजपाको निमन्त्रणामा रवि लामिछाने आज भारत जाँदै, मोदी र जयशंकरसँग भेटवार्ताको तयारी

भाजपाको निमन्त्रणामा रवि लामिछाने आज भारत जाँदै, मोदी र जयशंकरसँग भेटवार्ताको तयारी

सोमवार, जेठ १८ २०८३०७:०३
सोमवार, जेठ १८ २०८३०७:०३
  • images

    काठमाडौँ  सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (सोमबार) भारत भ्रमणमा जाँदैछन् ।

    भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को औपचारिक निमन्त्रणामा लामिछाने आजदेखि तीनदिने भारत भ्रमणमा जान लागेका हुन् ।

    लामिछानेको टोलीमा उनकी पत्नी निकिता पौडेल, स्वकीय सचिव अविनाश आचार्य, सहमहामन्त्री विपिन आचार्य र विदेश विभाग प्रमुख दीपक बोहरा रहनेछन् ।

    रास्वपा स्रोतका अनुसार, लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय विदेशमन्त्री एस जयशंकरसँग उच्चस्तरीय भेटवार्ता गर्नेछन् ।

    जेठ १९ गते भाजपा मुख्यालयमा हुने कार्यक्रममा भाजपा अध्यक्ष नीतिन नवीनले लामिछानेलाई स्वागत गर्ने कार्यक्रम तय भएको छ । लामिछाने जेठ २० गते स्वदेश फर्किने कार्यक्रम तालिका छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend