काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका डीआईजी अञ्जनीकुमार पोखरेल एआईजी (अतिरिक्त महानिरीक्षक) पदमा बढुवा भएका छन्।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरेललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो। यसअघि सशस्त्र प्रहरी बलको बढुवा समितिको बैठकले गत जेठ ६ गते उनलाई एआईजी पदमा बढुवाका लागि सिफारिस गरेको थियो।
पोखरेल हाल सशस्त्र प्रहरी बलको बागमती प्रदेश प्रमुखका रूपमा कार्यरत छन्। मन्त्रिपरिषद्बाट बढुवा निर्णय अनुमोदन भएसँगै उनले एआईजीको जिम्मेवारी सम्हाल्ने बाटो खुलेको छ।

