२०८३, आश्विन १९ गते

images
  • समाचार
  • NMB SIP: सानो लगानीबाट सुरक्षित भविष्य...

NMB SIP: सानो लगानीबाट सुरक्षित भविष्य निर्माण गर्ने अवसर

NMB SIP: सानो लगानीबाट सुरक्षित भविष्य निर्माण गर्ने अवसर

बुधवार, जेठ २० २०८३१०:३१
बुधवार, जेठ २० २०८३१०:३१
  • images

    काठमाडौं । आर्थिक सुरक्षाको खोजीमा रहेका नेपालीहरूका लागि एनएमबी क्यापिटलको NMB SIP (Systematic Investment Plan) आकर्षक बचत तथा लगानी विकल्पका रूपमा अघि आएको छ। “जग बलियो भए, भोलि सुरक्षित हुन्छ” भन्ने सन्देशसहित सार्वजनिक गरिएको यस योजनाले नियमित सानो रकम बचत गर्दै दीर्घकालीन रूपमा ठूलो कोष निर्माण गर्न सकिने जनाएको छ।

    NMB SIP मार्फत लगानीकर्ताले आफ्नो आम्दानीअनुसार मासिक रूपमा निश्चित रकम लगानी गर्न सक्छन्। नियमित बचतको बानी विकास गर्दै भविष्यका आर्थिक लक्ष्यहरू पूरा गर्न यो योजना प्रभावकारी माध्यम बन्न सक्ने कम्पनीको विश्वास छ।

    विशेषगरी युवा, जागिरे, व्यवसायी तथा दीर्घकालीन आर्थिक योजना बनाइरहेका व्यक्तिहरूलाई लक्षित गरी ल्याइएको SIP योजनाले लगानीलाई सरल, व्यवस्थित र पहुँचयोग्य बनाएको छ। थोरै रकमबाट सुरु गर्न सकिने भएकाले आम नागरिकले पनि पूँजी बजारमा सहभागिता जनाउने अवसर पाउनेछन्।

    SIP मार्फत नियमित रूपमा गरिने लगानीले बजारको उतारचढावलाई व्यवस्थापन गर्दै दीर्घकालीन प्रतिफल प्राप्त गर्न सहयोग पुर्‍याउँछ। यसले बचतलाई केवल बैंक खातामा सीमित नराखी पूँजी बजारसँग जोडेर सम्पत्ति निर्माण गर्ने अवसर प्रदान गर्छ।

    एनएमबी क्यापिटलले पनि नागरिकहरूलाई आजैबाट सानो लगानी सुरु गरी आर्थिक रूपमा आत्मनिर्भर र सुरक्षित भविष्यतर्फ अघि बढ्न आग्रह गरेको छ। कम्पनीका अनुसार आजको नियमित बचत र अनुशासित लगानीले भोलिको आर्थिक सुरक्षा सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend