२०८३, भाद्र १३ गते

images

कुमारी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा छुट

कुमारी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा छुट

images
आइतवार, जेठ २४ २०८३१०:२६
आइतवार, जेठ २४ २०८३१०:२६
  • काठमाडौँ । कुमारी बैंक लिमिटेड र बी एण्ड बी अस्पताल प्रा.लि. ग्वार्को–ललितपुरबीच छुट सेवासम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पश्चात अब बैंकका ग्राहकले अस्पतालबाट प्रदान हुने सेवाहरु तथा औषधिहरुमा १० प्रतिशतसम्म छुट पाउनेछन् । 

    विगत २५ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका २८६ शाखा सञ्जाल, ३०४ एटिएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत ग्राहकवर्गलाई सुरक्षित, भरपर्दो र उच्चस्तरीय सेवा सुविधा उपलब्ध गराउँदै आएको छ । 

    ग्राहकको स्वास्थ्य सुरक्षालाई संस्थागत जिम्मेवारीको रूपमा लिँदै, बैंकद्वारा देश तथा विदेशका प्रतिष्ठित अस्पतालहरूसँग विशेष छुटसम्बन्धी सम्झौताहरू गरिएका छन्, जसले गुणस्तरीय स्वास्थ्य सेवामा सहज र प्रभावकारी पहुँच सुनिश्चित गरेको छ । 

    बदलिँदो समयसँग समन्वय गर्दै, सेवामा निरन्तर सुधार र थप सुविधा विस्तार गर्नुपर्ने आवश्यकतालाई आत्मसात गर्दै, बैंकले आगामी दिनहरूमा अझ व्यापक र सुलभ सेवाहरू सुनिश्चित गर्ने अठोट व्यक्त गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend