२०८३, आश्विन २० गते

images
  • राजनीति
  • विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक सूचना टाँस...

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक सूचना टाँस गरी स्थगित

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक सूचना टाँस गरी स्थगित

सोमवार, जेठ २५ २०८३०३:१६
सोमवार, जेठ २५ २०८३०३:१६
  • images

    काठमाडौँ । प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर स्थगित भएको जानकारी दिइएको छ। संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सोमबार सूचना टाँस गरेर प्रतिनिधि सभाको बैठक विशेष कारणले स्थगित भएको जनाएका छन्। प्रतिनिधि सभाको अर्को बैठक जेठ २६ गते दिउँसो १ बजे बस्ने भएको छ। 

    महासचिव पाण्डेयले जारी गरेको सूचनामा भनिएको छ, ‘प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सम्मानीय सभामुखले सभाको बैठक मिति २०८३ जेठ २६ गते मंगलबार दिनको १ बजे बस्ने गरी निर्धारण गर्नु भएको बेहोरो माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’

    सोमबार प्रतिनिधि सभाको बैठक सुरु हुने वितिक्कै विपक्षी दलका सांसदले आफ्नो आसनबाट उठेर विरोध जनाएका थिए। उनीहरूले प्रधानमन्त्री वालेन्द्र शाहले सीमाको विषयमा दिएको अभिव्यक्ति सच्याउनुपर्ने माग गरेका छन्। 

    प्रतिनिधि सभामा सांसदसँगको प्रश्नोत्तर कार्यक्रमका क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको जमिन मिचेको अभिव्यक्ति दिएका थिए। त्यसलाई लिएर विपक्षी दलले संसद् बैठक अवरुद्ध गर्दै आएका छन्। 

    विपक्षीले विरोध जारी राखेपछि सभामुख डोलप्रसाद अर्यालले सोमबार दिउँसो १५ मिनेटका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरेका थिए। त्यसपछि बैठक बस्ने सकेन। संघीय संसद्का महासचिव पाण्डेयले सूचना टाँस गरेर संसद् बैठक मंगलबारसम्मका लागि स्थगित भएको जानकारी गराएका हुन्। 

    गत फागुनमा भएको प्रतिनिधि सभाको निर्वाचनबाट आएको नयाँ प्रतिनिधि सभाको बैठक पहिलो पटक सूचना टाँस गरेर स्थगित भएको हो। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend