काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विकास निर्माणसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने अपेक्षा गरिएको छ। साथै सरकारका नीति तथा कार्यक्रम कार्यान्वयन, मन्त्रालयगत प्रगतिसहित जनसरोकारका विषयमा समेत समीक्षा हुन सक्ने बताइएको छ।
बैठकले विभिन्न नीतिगत निर्णय, नियुक्ति तथा प्रशासनिक विषयमा आवश्यक निर्णय लिन सक्ने अनुमान गरिएको छ। बैठकका एजेन्डाबारे भने औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।

