२०८३, आश्विन २० गते

images
  • राजनीति
  • कांग्रेसको स्वेच्छाचारी मौनधारणप्रति सभामुखको आपत्ति, ‘सदनको...

कांग्रेसको स्वेच्छाचारी मौनधारणप्रति सभामुखको आपत्ति, ‘सदनको अपमान भयो’

कांग्रेसको स्वेच्छाचारी मौनधारणप्रति सभामुखको आपत्ति, ‘सदनको अपमान भयो’

मंगलवार, जेठ २६ २०८३०१:४३
मंगलवार, जेठ २६ २०८३०१:४३
  • images

    काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठकमा आफैँ समय तोकेर मौनधारण गरेकोमा सभामुख डीपी अर्यालले आपत्ति जनाएका छन् । कांग्रेसको यो कामबाट सदनको अपमान भएको सभामुख अर्यालले बताए । 

    कांग्रेसले शहीदप्रति पाँच मिनेट मौनधारण गरेको थियो । सभामुख अर्यालले आगामी दिनमा यस विषयमा ध्यानाकृष्ट गर्न चाहेको पनि बताए । 

    ‘हलबाट आफ्नै विवेकले सभा सञ्चालन गर्नेगरी आफ्नै विवेक प्रयोग गर्नुभयो । आफैँले समय तोकेरे जुन किसिमको प्रयास गर्नुभयो यो सभामाथि अपमान भएको देखिन्छ । आगामी दिनमा यस विषयमा ध्यानाकृष्ट गर्न चाहन्छु,’ सभामुख अर्यालले भने । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend