२०८३, आश्विन २० गते

images
  • राजनीति
  • बजेटमाथिको सामान्य छलफल आगामी बैठकमा जारी...

बजेटमाथिको सामान्य छलफल आगामी बैठकमा जारी रहने

बजेटमाथिको सामान्य छलफल आगामी बैठकमा जारी रहने

बुधवार, जेठ २७ २०८३०८:५२
बुधवार, जेठ २७ २०८३०८:५२
  • images

    काठमाडौँ । प्रतिनिधिसभामा ‘आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० माथि सामान्य छलफल आगामी बैठकमा पनि जारी रहने भएको छ । सभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले उक्त जानकारी गराए । 

    प्रतिनिधिसभामा बजेटमाथिको सामान्य छलफल आजदेखि प्रारम्भ भएको हो । यसअघि बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वक्तव्यसहित सोसम्बन्धी छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
     
    बजेटमाथिको सामान्य छलफलमा लीमा अधिकारी, नरेन्द्रकुमार केरुङ, पुष्पराज कँडेल, विपिनकुमार आचार्य, रेनुका काउँचा, अर्जुनकुमार कार्की र आरेन राईले भाग लिए ।

    बैठकमा सभामुखले आजको कार्यसूचीमा उल्लेखित बजेट आश्रित दुई विधेयक प्रस्तुत गर्नेसम्बन्धी प्रस्ताव हटाइएको जानकारी गराए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend