२०८३, आश्विन २० गते

images
  • राजनीति
  • कान र दाँतमा समस्या भएपछि शिक्षण...

कान र दाँतमा समस्या भएपछि शिक्षण अस्पताल पुगे एमाले अध्यक्ष केपी शर्मा ओली

कान र दाँतमा समस्या भएपछि शिक्षण अस्पताल पुगे एमाले अध्यक्ष केपी शर्मा ओली

बिहिवार, जेठ २८ २०८३०३:५४
बिहिवार, जेठ २८ २०८३०३:५४
  • images

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कान र दाँतसम्बन्धी समस्या देखिएपछि उपचारका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका छन्।

    ओलीको सचिवालयका अनुसार कान र दाँतमा असहजता महसुस भएपछि उनी बिहीबार शिक्षण अस्पताल पुगेका हुन्। अस्पतालमा विशेषज्ञ चिकित्सकको निगरानीमा उनको स्वास्थ्य परीक्षण तथा आवश्यक उपचार भइरहेको जनाइएको छ।

    अध्यक्ष ओलीको सचिवालय प्रमुख निरुदेवी पालले कान र दाँतमा समस्या देखिएपछि अस्पताल पुगेर चिकित्सकसँग परामर्श लिइरहेको जानकारी दिइन्। उनले स्वास्थ्य अवस्था सामान्य रहेको र नियमित परीक्षण तथा उपचारका लागि अस्पताल गएको स्पष्ट पारिन्।

    यसअघि पनि ओलीले विभिन्न स्वास्थ्य समस्याका कारण उपचार गराउँदै आएका छन्। केही समयअघि पित्तथैलीमा पत्थरी देखिएपछि उनले त्रिवि शिक्षण अस्पतालमै शल्यक्रिया गराएका थिए।

    ओली अस्पताल पुगेको खबर सार्वजनिक भएसँगै उनका शुभेच्छुक तथा पार्टी कार्यकर्ताले स्वास्थ्य लाभको कामना गरेका छन्। अस्पताल स्रोतका अनुसार आवश्यक परीक्षणपछि चिकित्सकले थप उपचार प्रक्रिया तय गर्नेछन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend