२०८३, आश्विन १९ गते

images
  • स्थानीय
  • सुदूरपश्चिमको ३७ अर्ब ७० करोड बजेट...

सुदूरपश्चिमको ३७ अर्ब ७० करोड बजेट सार्वजनिक, प्रतिपक्षको बहिष्कारबीच मध्यरातमा पेश

सुदूरपश्चिमको ३७ अर्ब ७० करोड बजेट सार्वजनिक, प्रतिपक्षको बहिष्कारबीच मध्यरातमा पेश

मंगलवार, आषाढ २ २०८३०७:३८
मंगलवार, आषाढ २ २०८३०७:३८
  • images

    काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक गरेको छ। प्रतिपक्षी दलका सांसदहरूको बहिष्कारका बीच आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले आइतबार राति ११ः४५ बजे बसेको प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गरेका हुन्।

    सरकारले आगामी आवको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि उक्त बजेट विनियोजन गरेको जनाएको छ। बजेटका लागि आवश्यक स्रोत व्यवस्थापनमध्ये आन्तरिक राजस्वबाट एक अर्ब ७२ करोड, राजस्व बाँडफाँटबाट १० अर्ब २४ करोड ९२ लाख ६६ हजार प्राप्त हुने अनुमान गरिएको छ।

    त्यस्तै, संघीय रोयल्टीबापत रु सात करोड, वित्तीय समानीकरण अनुदानबाट नौ अर्ब ६ करोड ३३ लाख, चालु आर्थिक वर्षको बचतबाट  नौ अर्ब ६२ करोड, सशर्त अनुदानबाट छ अर्ब तीन करोड ५८ लाख, संघीय समपूरक अनुदानबाट ३८ करोड ३८ लाख तथा विशेष अनुदानबाट ५२ करोड ७६ लाख प्राप्त हुने अनुमान गरिएको आर्थिक मामिलामन्त्री धामीले जानकारी दिए।

    यद्यपि, प्रस्तुत बजेटमा चालु खर्च र पुँजीगत खर्चतर्फ कति रकम विनियोजन गरिएको भन्ने विवरण सार्वजनिक गरिएन।

    बजेट प्रस्तुत हुनुअघि नै प्रदेशसभा बैठकमा प्रतिपक्षी दलका सांसदहरूले विरोध जनाएका थिए। बैठक सुरु भएलगत्तै आफ्नो धारणा राख्दै प्रदेशसभा सदस्य मानबहादुर धामीले सरकारले समयमै बजेट ल्याउन नसकेको भन्दै आलोचना गरे। त्यसपछि प्रतिपक्षी सांसदहरूले बैठक बहिष्कार गर्दै बाहिरिएका थिए।

    सत्तारूढ गठबन्धनभित्रै बजेट बाँडफाँटलाई लिएर मतभेद देखिएपछि बजेट प्रस्तुत गर्न ढिलाइ भएको स्रोतहरूको भनाइ छ। यही कारण निर्धारित समयमै बजेट पेश हुन नसकी मध्यरात नजिक मात्र प्रदेशसभामा बजेट प्रस्तुत गरिएको हो।

    गत आर्थिक वर्ष २०८२र८३ का लागि सुदूरपश्चिम प्रदेश सरकारले ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजारको बजेट ल्याएको थियो। यस वर्षको बजेट अघिल्लो वर्षको तुलनामा उल्लेख्य रूपमा बढाइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend