२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • प्रतिनिधि संख्या बढेपछि रोकिएको रास्वपाको बन्दसत्र...

प्रतिनिधि संख्या बढेपछि रोकिएको रास्वपाको बन्दसत्र आज दिउँसो १ बजे सुरु हुने

प्रतिनिधि संख्या बढेपछि रोकिएको रास्वपाको बन्दसत्र आज दिउँसो १ बजे सुरु हुने

सीएनएन खबर
मंगलवार, आषाढ ९ २०८३११:४४
सीएनएन खबर
मंगलवार, आषाढ ९ २०८३११:४४
  • images

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत हिजो स्थगित भएको बन्दसत्र आज दिउँसो १ बजेबाट सुरु हुने भएको छ। महाधिवेशन प्रतिनिधिको संख्यामा अनपेक्षित वृद्धि भएपछि उत्पन्न प्राविधिक समस्याका कारण बन्दसत्र एक दिन ढिला गरी सुरु हुन लागेको हो।

    रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीका अनुसार पूर्वअनुमानित २,८०० देखि ३,००० प्रतिनिधिको तुलनामा सहभागीको संख्या ४,२०० नाघेपछि व्यवस्थापनमा चुनौती थपिएको थियो। सोही प्राविधिक कारणले हिजो तय भएको कार्यक्रम प्रभावित बनेको उनले जानकारी दिए।

    "इस्टिमेट गरिएको २८ सय वा तीन हजार महाधिवेशन प्रतिनिधिको संख्या बढेर ४२ सय प्लस हुँदाखेरि केही प्राविधिक त्रुटिका कारण हिजो हामीले सुरु गर्न सकेनौं," रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले भने, "आज यतिखेर हलबाट महाधिवेशन प्रतिनिधिको प्रवेश कार्ड वितरण सुरु भइसकेको छ। त्यो सकिनेबित्तिकै हामी खाना खाएर आजको बन्दसत्र सुरु गर्दैछौं।"

    हाल महाधिवेशन स्थलमा प्रतिनिधिहरूलाई प्रवेश कार्ड वितरण गर्ने कार्य जारी छ। कार्ड वितरण सम्पन्न भएलगत्तै खानाको समय छुट्याइएको र दिउँसो १ बजेसम्ममा बन्दसत्र सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा हुने पार्टीले जनाएको छ।

    बन्दसत्र अगाडिका अन्य सबै आवश्यक प्रक्रियाहरू भने टुंग्याइसकिएको छ। उपनेता पराजुलीले कार्यक्रमको तालिकामा भएको हेरफेर र ढिलाइले महाधिवेशन प्रतिनिधि तथा सञ्चारकर्मीमा पर्न गएको असुविधाप्रति पार्टीको तर्फबाट क्षमा समेत मागेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend