काठमाडौँ । नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ हजार २ सय रुपैयाँले घटेर २ लाख ७८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार सुन प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार प्रतितोला ४ हजार ४८५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी बिहीबार घटेर ४ हजार २३५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

