२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • भारतीय अनुदानमा दुई पेट्रोलियम पाइपलाइन बनाउने...

भारतीय अनुदानमा दुई पेट्रोलियम पाइपलाइन बनाउने सम्झौता

भारतीय अनुदानमा दुई पेट्रोलियम पाइपलाइन बनाउने सम्झौता

बिहिवार, आश्विन १७ २०८१०३:१८
बिहिवार, आश्विन १७ २०८१०३:१८
  • images


    काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा दुई पेट्रोलियम पाइपलाइन बन्ने सम्झौता भएको छ। नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट र इन्डियन आयल कर्पोरेसन (आईओसी)का निर्देशक सेन्थल कुमारबीच बिहीबार पेट्रोलियम पाइपलाइन बीटुबी फ्रेमवर्क एग्रिमेन्ट भएको हो। सम्झौताअनुसार भारतको सिलिगुडीदेखि नेपालको झापास्थित चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन र झापाको आरआलीमा १८ हजार ९०० किलोमिटर क्षमताको स्मार्ग ग्रिनफिल्ड टर्मिनल भारतको अनुदानमा निर्माण हुनेछ। नेपालको अमलेखगन्जबाट चितवनको लोथरसम्म ६२ किलोमिटर लामो पेट्रोलिम पाइपलाइन परियोजनासमेत भारत सरकारकै अनुदानमा निर्माण हुनेछ।

    यसैगरी चितवनको लोथरमा ९१ हजार ९०० किलोलिटर क्षमताको स्मार्ट ग्रिनफिल्ड टर्मिनल भारत सरकारको प्राविधिक सहयोगमा नेपाल आयल निगमको लगानीमा निर्माण हुने भएको छ। यी परियोजनाको कुल लागत १५ अर्ब रुपैयाँ अनुदान रहने निगमले जनाएको छ।कार्यक्रममा भारत सरकारका पेट्रोलिमय तथा नेचुरल ग्यास सचिव पंकज जैन र आईओसीका अध्यक्ष सतिस कुमारको उपस्थिति थियो।

    Oil.jpg-9.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend