काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज (बुधबार) दिउँसो ३ः३० बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विकास निर्माणसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
सरकारका नियमित एजेन्डासहित विभिन्न मन्त्रालयबाट प्रस्तुत प्रस्तावमाथि बैठकमा निर्णय हुन सक्ने जनाइएको छ। बैठकका निर्णय सार्वजनिक भएपछि थप विवरण आउनेछ।

