२०८३, आश्विन १९ गते

images
  • समाचार
  • बैंकहरूको निक्षेप ब्याजदरमा पुनः कटौती, व्यक्तिगत...

बैंकहरूको निक्षेप ब्याजदरमा पुनः कटौती, व्यक्तिगत औसत ४.१७ प्रतिशतमा झर्‍यो

बैंकहरूको निक्षेप ब्याजदरमा पुनः कटौती, व्यक्तिगत औसत ४.१७ प्रतिशतमा झर्‍यो

बिहिवार, आषाढ ३२ २०८३१०:२५
बिहिवार, आषाढ ३२ २०८३१०:२५
  • images

    काठमाडौँ । वाणिज्य बैंकहरूले साउन महिनाका लागि लागू हुने निक्षेप ब्याजदर सार्वजनिक गरेका छन्। असारको तुलनामा अधिकांश बैंकले ब्याजदर यथावत् राखे पनि केही बैंकले व्यक्तिगत तथा संस्थागत दुवै निक्षेपको ब्याजदर घटाएका छन्।

    सार्वजनिक विवरण अनुसार व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर असारको ४.२७ प्रतिशतबाट साउनमा ४.१७ प्रतिशतमा झरेको छ। त्यसैगरी संस्थागत निक्षेपको औसत ब्याजदर ३.१८ प्रतिशतबाट ३.१२ प्रतिशतमा घटेको छ।

    यसपटक राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा धेरै ब्याजदर घटाएको छ। बैंकले व्यक्तिगत निक्षेपमा ०.७५ प्रतिशत बिन्दु र संस्थागत निक्षेपमा १ प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ।

    यस्तै ग्लोबल आइएमई बैंक ले व्यक्तिगतमा ०.५० प्रतिशत र संस्थागतमा ०.२५ प्रतिशत, एनएमबि बैंक ले व्यक्तिगतमा ०.२५ प्रतिशत र संस्थागतमा ०.५० प्रतिशत, सिटिजन्स बैंक ले व्यक्तिगतमा ०.१५ प्रतिशत र संस्थागतमा ०.५० प्रतिशत तथा कुमारी बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक ले व्यक्तिगत निक्षेपको ब्याजदर क्रमशः ०.०६ र ०.१० प्रतिशत बिन्दुले घटाएका छन्।

    यता नेपाल बैंक ले भने संस्थागत निक्षेपको ब्याजदर ३ प्रतिशतबाट ४ प्रतिशतमा बढाएको छ भने अधिकांश अन्य बैंकहरूले असारकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

    बैंकहरूमा पर्याप्त तरलता र कर्जाको माग अपेक्षाकृत कमजोर रहेकाले निक्षेपको ब्याजदर घट्ने क्रम अझै जारी रहेको विश्लेषण गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend