२०८३, आश्विन १९ गते

images

आइतबारको बिदा हटाउने तयारीमा बालेन सरकार

आइतबारको बिदा हटाउने तयारीमा बालेन सरकार

सोमवार, श्रावण ४ २०८३०३:०५
सोमवार, श्रावण ४ २०८३०३:०५
  • images

    काठमाडौँ । सरकारले सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ।

    सरकारका सचिवहरूको बैठकले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा लागू भएपछि विद्यमान सार्वजनिक बिदा व्यवस्थाको समग्र समीक्षा आवश्यक ठहर गर्दै कार्यदल गठन गर्ने निर्णय गरेको हो।

    निर्णयअनुसार गृह मन्त्रालयका एक सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा अर्थ मन्त्रालयका प्रतिनिधि सदस्य रहने गरी कार्यदल गठन गरिनेछ।

    कार्यदललाई सार्वजनिक बिदा व्यवस्थाबारे अध्ययन, समीक्षा तथा आवश्यक सुझावसहितको प्रतिवेदन १५ दिनभित्र गृह मन्त्रालयमा पेश गर्ने जिम्मेवारी दिइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend