२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • रास्वपाका तीन मन्त्रीसहित ६ केन्द्रीय सदस्यले...

रास्वपाका तीन मन्त्रीसहित ६ केन्द्रीय सदस्यले लिए शपथ

रास्वपाका तीन मन्त्रीसहित ६ केन्द्रीय सदस्यले लिए शपथ

बुधवार, श्रावण १३ २०८३०३:०८
बुधवार, श्रावण १३ २०८३०३:०८
  • images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तीन जना मन्त्रीसहित छ जना नवनिर्वाचित केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन्।

    बुधबार पार्टी सभापति रवि लामिछानेले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

    शपथ लिनेमा शिक्षामन्त्री सस्मित पोखरेल, स्वास्थ्यमन्त्री निशा मेहता, कृषिमन्त्री गीता चौधरी, सांसद यज्ञमणि न्यौपाने तथा नेताहरू प्रमोद न्यौपाने र विनिता कठायत रहेका छन्।

    यसअघि सम्पन्न रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनबाट पोखरेल, गीता चौधरी, यज्ञमणि न्यौपाने र प्रमोद न्यौपाने खुला समूहबाट निर्वाचित भएका थिए भने निशा मेहता कोशी प्रदेश र विनिता कठायत कर्णाली प्रदेश भूगोलतर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।

    चितवनमा सम्पन्न प्रथम महाधिवेशनका क्रममा निर्वाचित भए पनि विभिन्न कारणले शपथ ग्रहण गर्न छुटेकाले उनीहरूलाई बुधबार औपचारिक रूपमा शपथ गराइएको पार्टीले जनाएको छ।

    यसैबीच, रास्वपाको केन्द्रीय समिति बैठक पनि बुधबारदेखि जारी रहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend