२०८३, आश्विन १९ गते

images
  • समाचार
  • राजविराजका तोकिएका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, उल्लङ्घन...

राजविराजका तोकिएका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, उल्लङ्घन नगर्न प्रशासनको आग्रह

राजविराजका तोकिएका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, उल्लङ्घन नगर्न प्रशासनको आग्रह

शुक्रवार, श्रावण १५ २०८३१०:२०
शुक्रवार, श्रावण १५ २०८३१०:२०
  • images

    काठमाडौँ । सप्तरीको सदरमुकाम राजविराज नगरपालिकाका विभिन्न क्षेत्रमा आज बिहान ५ः०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी भएको छ ।

    जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गर्दै जिल्लामा शान्तिसुरक्षा कायम गर्न जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कर्फ्यु आदेश जारी गरिएको जनाएको छ ।

    प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाद्वारा जारी आदेशअनुसार राजविराज नगरपालिकाभित्र पूर्वमा खाँडो खोला, पश्चिममा हुलाकी राजमार्गको जुडनी–ढलही, उत्तरमा रूपनी रोडको बसबिट्टी चोक र दक्षिणमा कोशी पश्चिम मूल नहर (विष्णुपुर गाउँपालिका सीमा) सम्मको क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend