२०८३, आश्विन २० गते

images
  • समाचार
  • ऋण असुलीबाट समस्याग्रस्त ३ सहकारीका १४८...

ऋण असुलीबाट समस्याग्रस्त ३ सहकारीका १४८ जना बचतकर्ताले पाए रकम फिर्ता

ऋण असुलीबाट समस्याग्रस्त ३ सहकारीका १४८ जना बचतकर्ताले पाए रकम फिर्ता

शनिवार, श्रावण २३ २०८३११:३८
शनिवार, श्रावण २३ २०८३११:३८
  • images

    काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ३ समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ। समितिका अनुसार गोरखा, पशुपति र कान्तिपुर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरिएको हो ।

    सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ ।

    पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ । 

    समस्याग्रस्त सहकारी संस्थाहरुबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरुलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम निरन्तर रुपमा संचालन भइरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend