२०८३, भाद्र १३ गते

images
  • बैंक बित्त
  • कुमारी बैंकको नाफामा ऐतिहासिक उछाल, कस्तो...

कुमारी बैंकको नाफामा ऐतिहासिक उछाल, कस्तो छ अन्य सूचक ?

कुमारी बैंकको नाफामा ऐतिहासिक उछाल, कस्तो छ अन्य सूचक ?

images
बुधवार, श्रावण २७ २०८३११:५२
बुधवार, श्रावण २७ २०८३११:५२
  • काठमाडौँ । कुमारी बैंकले आर्थिक वर्ष २०८२/८३ मा खुद नाफामा उल्लेख्य वृद्धि गर्दै ७ अर्ब ३८ करोड ७२ लाख रुपैयाँ कमाएको छ। बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको खुद नाफा करिब २९३ प्रतिशतले बढेको हो।

    अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा १ अर्ब ८७ करोड ९७ लाख रुपैयाँ थियो। एक वर्षमै नाफामा भएको ठूलो वृद्धिसँगै बैंकको वित्तीय प्रदर्शनमा उल्लेख्य सुधार देखिएको छ।

    सञ्चालन नाफा दोब्बरभन्दा बढी

    बैंकको सञ्चालन मुनाफामा पनि ठूलो वृद्धि भएको छ। अघिल्लो आवमा ५ अर्ब ५८ करोड ७२ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा समीक्षा अवधिमा १०१ प्रतिशतले बढेर ११ अर्ब २३ करोड ५५ लाख रुपैयाँ पुगेको छ।

    त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १५ अर्ब १९ करोड ४० लाख रुपैयाँबाट ७.६६ प्रतिशतले बढेर १६ अर्ब ३५ करोड ८४ लाख रुपैयाँ पुगेको छ।

    ब्याज र कमिसन आम्दानी बढ्यो

    बैंकको मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानीमा पनि सुधार देखिएको छ। अघिल्लो वर्ष ११ अर्ब ६२ करोड १५ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी समीक्षा वर्षमा ३.४७ प्रतिशतले बढेर १२ अर्ब १ करोड ३० लाख रुपैयाँभन्दा बढी पुगेको छ।

    यसैगरी, खुद फी तथा कमिसन आम्दानी पनि बढेको छ। यस्तो आम्दानी २ अर्ब ६६ करोड १६ लाख रुपैयाँबाट बढेर ३ अर्ब ४ करोड ८८ लाख रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ।

    वितरणयोग्य नाफा ऋणात्मकबाट धनात्मक

    कुमारी बैंकको अर्को महत्वपूर्ण सुधार वितरणयोग्य मुनाफामा देखिएको छ। अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ ऋणात्मक रहेको वितरणयोग्य मुनाफा समीक्षा अवधिमा ७९ करोड १६ लाख रुपैयाँ धनात्मक भएको छ।

    यसले बैंकको लाभांश वितरण गर्न सक्ने क्षमतामा समेत सुधार आएको संकेत गर्छ।

    प्रतिसेयर आम्दानी चार गुणाभन्दा बढी

    नाफामा भएको उल्लेख्य वृद्धिको प्रभाव बैंकको प्रतिसेयर आम्दानीमा पनि परेको छ। अघिल्लो वर्ष ६ रुपैयाँ ९४ पैसा रहेको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर २८ रुपैयाँ १७ पैसा पुगेको छ।

    बैंकको प्रतिसेयर नेटवर्थ १७० रुपैयाँ ८० पैसा कायम रहेको छ।

    खराब कर्जा भने बढ्यो

    बैंकको समग्र नाफा र आम्दानीमा सुधार आए पनि सम्पत्तिको गुणस्तरतर्फ भने चुनौती देखिएको छ। बैंकको निष्क्रिय कर्जा (एनपीएल) अनुपात अघिल्लो वर्षको ६.९५ प्रतिशतबाट बढेर ७.४६ प्रतिशत पुगेको छ।

    यसले नाफामा भएको सुधारसँगै कर्जा गुणस्तर सुधारलाई पनि बैंकले प्राथमिकतामा राख्नुपर्ने देखाउँछ।

    निक्षेप ४ खर्बभन्दा माथि

    कुमारी बैंकले आफ्नो व्यवसायको आकारसमेत विस्तार गरेको छ। समीक्षा अवधिमा बैंकको कुल कर्जा लगानी २ खर्ब ७० अर्ब ९२ करोड रुपैयाँ पुगेको छ।

    त्यस्तै, बैंकले ४ खर्ब २ अर्ब ७३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। बैंकको कुल सम्पत्तिको आकारसमेत बढेर ४ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको करिब ४ खर्ब ४१ अर्ब रुपैयाँको तुलनामा उल्लेख्य वृद्धि हो।

    बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको छ। यस अवधिमा बैंकको रिजर्भ कोष पनि १४ अर्ब ७४ करोड रुपैयाँबाट बढेर १७ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend