२०८३, आश्विन २० गते

images

भक्तपुरको भाटभटेनी स्टोर अब चौबीसै घण्टा खुल्ने

भक्तपुरको भाटभटेनी स्टोर अब चौबीसै घण्टा खुल्ने

सोमवार, भाद्र १ २०८३१२:३२
सोमवार, भाद्र १ २०८३१२:३२
  • images

    काठमाडौं । भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरस्टोर अब चौबीसै घण्टा सञ्चालनमा आउने भएको छ। स्टोरले सोमबारदेखि नै आफ्नो ग्रोसरी सेवा २४सै घण्टा खुला राख्ने भएको हो।

    भाटभटेनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पानु पौडेलका अनुसार राधेराधेस्थित स्टोरको ग्रोसरी रहेको पहिलो तला अब दिनरात खुला रहनेछ। यससँगै ग्राहकले रातिको समयमा समेत आवश्यक खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री खरिद गर्न सक्नेछन्।

    कम्पनीले भक्तपुरपछि ललितपुरको पाटन र काठमाडौंको टंगालस्थित भाटभटेनी स्टोरलाई पनि क्रमशः २४सै घण्टा सञ्चालनमा ल्याउने तयारी गरेको छ।

    रातभर स्टोर सञ्चालन हुने भएपछि सो समयमा काम गर्ने कर्मचारीलाई अतिरिक्त पारिश्रमिकको व्यवस्था गरिएको छ। रातको समयमा काम गर्ने कर्मचारीले आफ्नो कुल तलबमा २५ प्रतिशत थप रकम पाउनेछन्।

    भाटभटेनीले ग्राहकको सुविधालाई ध्यानमा राख्दै रातिको समयमा पनि ग्रोसरी सेवा उपलब्ध गराउने निर्णय गरेको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend