२०८३, भाद्र ४ गते

images
  • कर्पोरेट
  • विद्युत् तथा इलेक्ट्रोनिक्सको अन्तर्राष्ट्रिय प्रदर्शनी भदौ...

विद्युत् तथा इलेक्ट्रोनिक्सको अन्तर्राष्ट्रिय प्रदर्शनी भदौ १९ देखि भृकुटीमण्डपमा

विद्युत् तथा इलेक्ट्रोनिक्सको अन्तर्राष्ट्रिय प्रदर्शनी भदौ १९ देखि भृकुटीमण्डपमा

images
बिहिवार, भाद्र ४ २०८३०२:४२
बिहिवार, भाद्र ४ २०८३०२:४२
  • काठमाडौं । मिडिया स्पेस सोलुसन्स प्रा.लि., एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इन्डिया प्रा.लि. तथा फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट् प्रा.लि. को संयुक्त आयोजनामा नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी  आगामी २०८३ साल भदौ १९ देखि २१ गतेसम्म काठमाडौं स्थित भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुने भएको छ । 
     
    नेपालको बिद्युत, ऊर्जा, उपभोक्ता इलेक्ट्रोनिक्स तथा होम अप्लायन्सेस क्षेत्रलाई अन्तर्राष्ट्रिय व्यावसायिक मञ्चसँग जोड्ने उद्देश्यले आयोजना हुन लागेको यस प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी कम्पनीहरूको स्टल रहनेछन्। प्रदर्शनीले उद्योग, व्यापार तथा प्रविधिबीच सहकार्य अभिवृद्धि गर्दै यस क्षेत्रको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । 
     
    नेपालमा बढ्दो जलबिद्युत उत्पादनको प्रभावकारी उपयोग, ऊर्जा दक्षताको प्रवद्र्धन तथा बिद्युतीय पूर्वाधारको विकासलाई थप  व्यवस्थित बनाउन प्रदर्शनीले विशेष भूमिका खेल्ने विश्वास आयोजकको रहेको छ । साथै ऊर्जा तथा बिद्युतीय व्यवसायसँग सम्बन्धित नवीनतम प्रविधि, उत्पादन तथा सेवाहरूको प्रदर्शनमार्फत उद्योगी, व्यवसायी, उत्पादक, आयातकर्ता, वितरक तथा सेवा प्रदायकबीच नयाँ व्यावसायिक अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ । 
     
    प्रदर्शनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका उद्योगी, व्यवसायी, उद्यमी, उत्पादक, वितरक तथा सम्बन्धित सरोकारवालाहरूलाई एउटै व्यावसायिक प्लेटफर्ममा ल्याई ज्ञान, अनुभव र प्रविधिको आदानप्रदान गर्ने अवसर प्रदान गर्नेछ। यसबाट बिद्युत तथा बिद्युतीय सामग्रीसम्बन्धी उद्योगको प्रवद्र्धन, व्यापार विस्तार तथा दीर्घकालीन व्यावसायिक सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।उद्योगमैत्री वातावरण निर्माण, नवप्रवर्तनको प्रवद्र्धन तथा निजी क्षेत्रबीच सहकार्य विस्तारमा समेत प्रदर्शनी महत्वपूर्ण बन्ने विश्वास लिइएको छ । 
     
    प्रदर्शनीमा नेपाली उत्पादनसँगै बहुराष्ट्रिय कम्पनीहरूद्वारा उत्पादित ट्रान्समिसन तथा डिस्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण प्रणाली, हाउस वायरिङ सामग्री, वायर तथा केबल, कन्डक्टर, अत्याधुनिक स्वीच, एलईडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्य’तीय उपकरण, कार्यालय प्रविधि, सञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक ऊर्जा प्रणाली लगायत विद्य’त् तथा इलेक्ट्रोनिक्स क्षेत्रसँग सम्बन्धित विविध उत्पादन, प्रविधि तथा सेवाहरू प्रदर्शन गरिनेछन्।निं–श्ुल्क प्रवेश रहने यस प्रर्दशनीमा देश भित्र तथा बाहिरबाट आमन्त्रित अतिथि, उद्योगी व्यवसायी, सरकारका उच्च अधिकारी, आर्किटेक्चर, इलेक्ट्रीकल इन्जीनियर, इन्टेरियर डेकोरेटर, प्राविधिककर्मी, नेपाल भरका विद्युतीय व्यवसायीहरु, मिडियाकर्मी, विद्यार्थी एवं आम सर्व साधारण गरी ३०,००० भन्दा बढी आगन्तुकहरूले अवलोकन गर्ने विश्वास आयोजकले लिएको छ । 
     
    यस अन्तराष्ट्रिय प्रदर्शनीमा सहयोगी संस्थाको भुमिकामा नेपाल चेम्बर अफ कमर्स, नेपाल इन्जिनियर्स एशोसिएसन, सोसाईटी अफ कन्सल्टीङ्ग आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फर्मस्, सोसाइटी अफ ईलेक्ट्रिकल ईन्जिनियर्स नेपाल (सीन) तथा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) रहेका छन्  ।   
     
    आयोजकका अनुसार, प्रदर्शनीले नेपालमा ऊर्जा, विद्युत तथा उपभोक्ता इलेक्ट्रोनिक्स उद्योगको व्यावसायिक विस्तार, प्रविधि हस्तान्तरण, लगानी प्रवद्र्धन तथा अन्तर्राष्ट्रिय सहकार्यलाई थप सशक्त बनाउँदै सम्बन्धित क्षेत्रको दिगो विकासमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend