२०८३, आश्विन १९ गते

images

बाढीपहिरोले विभिन्न जिल्लाकामा यातायात प्रभावित

बाढीपहिरोले विभिन्न जिल्लाकामा यातायात प्रभावित

आइतवार, भाद्र १४ २०८३०८:५३
आइतवार, भाद्र १४ २०८३०८:५३
  • images

    काठमाडौँ । बाढीपहिरोका कारण रसुवासहित विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ ।

    सडक विभागका अनुसार इलाम, काभ्रेपलाञ्चोक, मकवानपुर, रसुवा र नुवाकोटका विभिन्न सडक अवरुद्ध  छन् । 

    नुवाकोटको शिवपुरी गाउँपालिका–५ घडेरीखोला क्षेत्रमा टोखा–छहरे सडकखण्ड पहिरोका कारण प्रभावित छ भने मकवानपुरको हेटौँडा–टिङ्गन–बागमती–ललितपुर सडकखण्डमा सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

    लगातारको वर्षा, बाढी तथा पहिरोका कारण सडकमा जुनसुकै बेला अवरोध हुनसक्ने भएकाले यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन र जोखिमयुक्त क्षेत्रमा  सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend