२०८३, आश्विन १९ गते

images

बाढीपछि बजारमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न चेम्बरको अपिल

बाढीपछि बजारमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न चेम्बरको अपिल

सोमवार, भाद्र १५ २०८३०५:२०
सोमवार, भाद्र १५ २०८३०५:२०
  • images

    काठमाडौं । हालै आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति हुनुका साथै यातायात, आपूर्ति प्रणाली, व्यापार–व्यवसाय तथा बजार व्यवस्थापनमा गम्भीर असर परेको भन्दै नेपाल चेम्बर अफ कमर्सले उद्योगी–व्यवसायीलाई जिम्मेवार र संयमित रूपमा व्यवसाय सञ्चालन गर्न अपिल गरेको छ।

    नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले जारी गरेको अपिलमा विपद्को कठिन परिस्थितिमा व्यवसायीहरूले उपभोक्ताको हितलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरिएको छ।

    विशेषगरी उत्तरी  प्रभावित हुँदा आयात–निर्यात तथा आपूर्ति व्यवस्थामा अवरोध सिर्जना भएको चेम्बरले जनाएको छ। आगामी दशैं, तिहार र छठलगायत प्रमुख चाडपर्व नजिकिँदै गर्दा बजारमा वस्तुको माग बढ्ने भएकाले आपूर्ति व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुपर्नेमा चेम्बरले जोड दिएको छ।

    चेम्बरले व्यवसायीहरूलाई वैकल्पिक आपूर्ति मार्ग पहिचान तथा प्रयोग गर्न, पर्याप्त भण्डारणको व्यवस्था मिलाउन र वितरण प्रणालीलाई व्यवस्थित बनाउन आग्रह गरेको छ।

    विपद्को अवस्थालाई अवसरका रूपमा प्रयोग गरी अनुचित व्यापारिक लाभ नलिन पनि चेम्बरले व्यवसायी समुदायलाई सचेत गराएको छ। आवश्यक उपभोग्य वस्तुको नियमित आपूर्ति कायम राख्न, कृत्रिम अभाव सिर्जना नगर्न तथा अनुचित मूल्यवृद्धि रोक्न चेम्बरले आग्रह गरेको हो।

    चेम्बरले बजारमा वस्तुको अभाव र मूल्यवृद्धि हुन नदिन सरकार तथा निजी क्षेत्रबीच प्रभावकारी सहकार्य, समन्वय र सहजीकरण आवश्यक रहेको जनाएको छ। साथै, विपद्को समयमा बजारप्रति उपभोक्ताको विश्वास कायम राख्न व्यवसायीहरूलाई पारदर्शी र जिम्मेवार ढंगले व्यवसाय सञ्चालन गर्न आग्रह गरिएको छ।

    चेम्बरले सम्पूर्ण उद्योगी, व्यवसायी, आयातकर्ता, वितरक, थोक तथा खुद्रा व्यवसायीलाई कठिन परिस्थितिमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आवश्यक वस्तुको सहज आपूर्ति सुनिश्चित गर्न अपिल गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend