२०८३, आश्विन १९ गते

images
  • समाचार
  • भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ९८७...

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ११ हजार ८१४ जनाको उद्धार

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ११ हजार ८१४ जनाको उद्धार

मंगलवार, भाद्र १६ २०८३११:५०
मंगलवार, भाद्र १६ २०८३११:५०
  • images

    काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ९८७ पुगेको छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मङ्गलबार बिहानसम्म सबैभन्दा धेरै चितवनमा ३२१ जनाको शव फेला परेको छ । साथै नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २७ जनाको शव फेला परेको छ ।

    यसैगरी, तीन हजार ९१६ जना सम्पर्कविहीनमध्ये नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बल, नेपालका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका तीन जना राष्ट्रसेवक कर्मचारी रहेका छन् ।

    हालसम्म घाइते २७९ जना रहेको र उपचारपछि विभिन्न अस्पतालबाट ‘डिस्चार्ज’ हुनेको सङ्ख्या १६८ पुगेको तथा ११ हजार ८१४ जनाको उद्धार भइसकेको प्राधिकरणले जनाएको छ । हालसम्म २१ हजार ११ जना सुरक्षाकर्मी परिचालित भएको प्राधिकरणले जनाएको छ ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend