२०८३, आश्विन १९ गते

images
  • बैंक बित्त
  • एभरेष्ट बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि...

एभरेष्ट बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि ३ करोड ११ लाखभन्दा बढी सहयोग

एभरेष्ट बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि ३ करोड ११ लाखभन्दा बढी सहयोग

बुधवार, भाद्र १७ २०८३१०:४३
बुधवार, भाद्र १७ २०८३१०:४३
  • images

    काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले एभरेष्ट बैंक लिमिटेडले ३ करोड ११ लाख रुपैयाँभन्दा बढी नगद सहयोग गरेको छ।

    बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत २ करोड ५१ लाख रुपैयाँ र बैंकका कर्मचारीबाट संकलित ६० लाख ५४ हजार ६०५ रुपैयाँ ३८ पैसा गरी कुल ३ करोड ११ लाख रुपैयाँभन्दा बढी रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराएको हो।

    नगद सहयोगसँगै बैंकका कर्मचारीहरूको सक्रियतामा संकलन गरिएका अत्यावश्यक राहत सामग्रीसमेत विपद्बाट प्रभावित क्षेत्रमा पठाउन सम्बन्धित निकायलाई प्रत्यक्ष हस्तान्तरण गरिएको बैंकले जनाएको छ।

    भोटेकोशी बाढीका कारण विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको भन्दै बैंकले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। बैंकले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

    साथै, विपद्को समयमा उद्धार तथा राहत कार्यमा अग्रपङ्क्तिमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी, स्थानीय तह, विभिन्न संघसंस्था तथा सहयोगी हातहरूप्रति बैंकले आभार व्यक्त गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend