२०८३, आश्विन १९ गते

images
  • समाचार
  • प्रधानमन्त्री दैवी उद्धार कोषमा ७ अर्ब...

प्रधानमन्त्री दैवी उद्धार कोषमा ७ अर्ब ८८ लाख रुपैयाँभन्दा बढी जम्मा

प्रधानमन्त्री दैवी उद्धार कोषमा ७ अर्ब ८८ लाख रुपैयाँभन्दा बढी जम्मा

बुधवार, भाद्र १७ २०८३०१:४७
बुधवार, भाद्र १७ २०८३०१:४७
  • images

    काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले ‘प्रधानमन्त्री दैवी उद्धार कोष’मा हालसम्म ७ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ जम्मा भएको जानकारी दिएका छन् ।

    बुधबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले विपद् व्यवस्थापन तथा राहत कार्यका लागि कोषमा रहेको रकम र हालसम्म भएको निकासाबारे जानकारी गराएका हुन् ।

    उनका अनुसार सरकारले विपद् व्यवस्थापन र राहत कार्यलाई प्रभावकारी बनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका लागि १ अर्ब रुपैयाँ निकासा गरिसकेको छ ।

    प्राधिकरणलाई निकासा गरिएको उक्त रकममध्ये हालसम्म १५ वटा स्थानीय तहका लागि ६ करोड ७५ लाख रुपैयाँ वितरण भइसकेको प्रधानमन्त्री शाहले बताए । विपद्बाट प्रभावित स्थानीय तहमा सिधै बजेट पठाएर राहत तथा पुनःस्थापनाका कामलाई तीव्रता दिइएको उनको भनाइ छ ।

    सदनमा बोल्दै प्रधानमन्त्री शाहले विपद्को कठिन परिस्थितिमा उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्दै नागरिकको जिउधनको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend