२०८३, आश्विन १९ गते

images
  • समाचार
  • होटल–रेस्टुरेन्टमा ग्यास बिक्री रोकियो, घरायसी प्रयोगकर्तालाई...

होटल–रेस्टुरेन्टमा ग्यास बिक्री रोकियो, घरायसी प्रयोगकर्तालाई प्राथमिकता

होटल–रेस्टुरेन्टमा ग्यास बिक्री रोकियो, घरायसी प्रयोगकर्तालाई प्राथमिकता

बुधवार, भाद्र १७ २०८३०२:१२
बुधवार, भाद्र १७ २०८३०२:१२
  • images

    काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाडौँ उपत्यकासहित आसपासका जिल्लामा खाना पकाउने एलपी ग्यासको आपूर्ति प्रभावित भएको छ ।

    राजमार्ग अवरुद्ध हुँदा ग्यास बोकेका बुलेट काठमाडौँ आउन नसक्ने अवस्था सिर्जना भएपछि नेपाल आयल निगमले तत्कालका लागि होटल, रेस्टुरेन्ट, क्यान्टिनलगायत व्यावसायिक प्रयोजनमा एलपी ग्यासको बिक्री–वितरण रोक्ने निर्णय गरेको छ । अब घरायसी तथा अत्यावश्यक प्रयोजनका लागि मात्र ग्यास उपलब्ध गराइनेछ ।

    ग्यासको आपूर्ति सहज बनाउन बुधबार निगमका नायब कार्यकारी निर्देशक ९बजार व्यवस्था० दीपक बरालको अध्यक्षतामा निगमका अधिकारी तथा ग्यास विक्रेता महासंघका पदाधिकारीबीच संयुक्त बैठक बसेको थियो । बैठकले काठमाडौँ उपत्यकामा ग्यासको अभाव हुन नदिन वैकल्पिक माध्यमबाट आपूर्ति गर्ने निर्णय गरेको हो ।

    १४ भदौमा कृष्णभीरमा सडक भासिएपछि ग्यास आपूर्ति शृङ्खलामा गम्भीर असर परेको बैठकको निष्कर्ष छ । राजमार्गबाट ग्यास बुलेट काठमाडौँ ल्याउन नसकिएपछि उपत्यकामा आपूर्ति गर्ने एलपी ग्यास उद्योगहरूले तराईका उद्योगबाटै सिलिन्डर भरेर वैकल्पिक मार्ग हुँदै काठमाडौँ ल्याउने व्यवस्था मिलाइएको छ ।

    यसरी वैकल्पिक मार्गबाट ल्याइएको ग्यास विक्रेताले समानुपातिक र सहज रूपमा वितरण गर्नुपर्ने निर्णय पनि बैठकले गरेको छ । अत्यावश्यक उपभोक्तालाई प्राथमिकतामा राखेर ग्यास वितरण गर्ने निगमले जनाएको छ ।

    निगमका कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार हाल तराईबाट ग्यास ल्याउने व्यवस्था मिलाउन पहल भइरहेको छ । ‘तराईबाट ग्यास आएपछि अत्यावश्यक परेका उपभोक्तालाई प्राथमिकतामा राखेर वितरण गरिनेछ,’ उनले भने ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend