२०८३, आश्विन १९ गते

images
  • समाचार
  • रसुवा बाढीमा ज्यान गुमाएका प्रहरीको विशेष...

रसुवा बाढीमा ज्यान गुमाएका प्रहरीको विशेष ऋण मिनाहा, परिवारलाई १० लाख राहत

रसुवा बाढीमा ज्यान गुमाएका प्रहरीको विशेष ऋण मिनाहा, परिवारलाई १० लाख राहत

बिहिवार, भाद्र १८ २०८३०२:३४
बिहिवार, भाद्र १८ २०८३०२:३४
  • images

    काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाएका नेपाल प्रहरीका कर्मचारीले नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष ऋण मिनाहा हुने भएको छ । साथै, मृतक प्रहरीका परिवारलाई जनही १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिएको नेपाल प्रहरीले जनाएको छ ।

    नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार मृतक प्रहरीका परिवारका इच्छुक सदस्यलाई सीपमूलक तालिम तथा रोजगारीको अवसर उपलब्ध गराउने निर्णयसमेत भएको छ ।

    त्यस्तै, मृतक प्रहरीका सन्तानलाई प्रहरी स्कुलमा अध्ययनका लागि शैक्षिक शुल्क मिनाहा गरी आवश्यक शैक्षिक व्यवस्था मिलाइने भएको छ ।

    नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले मृतक प्रहरीका परिवारलाई राहत तथा संरक्षण प्रदान गर्ने उद्देश्यले ऋण मिनाहा, आर्थिक सहायता, रोजगारी र शिक्षासम्बन्धी विभिन्न निर्णय गरेको हो ।

    नेपाल प्रहरीका अनुसार रसुवाको बाढीमा परी हालसम्म २५ जना प्रहरी सम्पर्कविहीन छन् भने तीन जना प्रहरीको सनाखत भइसकेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend