२०८३, आश्विन १९ गते

images
  • समाचार
  • साल्ट ट्रेडिङले दियो विपद् प्रभावितका लागि...

साल्ट ट्रेडिङले दियो विपद् प्रभावितका लागि ६० लाख सहयोग

साल्ट ट्रेडिङले दियो विपद् प्रभावितका लागि ६० लाख सहयोग

शुक्रवार, भाद्र १९ २०८३१०:४३
शुक्रवार, भाद्र १९ २०८३१०:४३
  • images

    काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि ६० लाख सहयोग गरेको छ ।

    कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले सामाजिक उत्तरदायित्व तथा मानवीय सहयोगस्वरूप ५० लाख र कर्मचारीको तलवबाट कट्टा गरी १० लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराएको जानकारी दिईन । 

    कर्पोरेशनले विपद् प्रभावित क्षेत्रमा खाद्यान्नलगायत अत्यावश्यक वस्तुको आपूर्ति गरिरहेको जनाएको छ । साथै, विपद्को यस घडीमा नेपाल सरकारले सञ्चालन गरिरहेको उद्धार कार्यमा ऐक्यबद्धता जनाउँदै प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेको उल्लेख गरेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend