काठमाडौं । नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनको तयारीका लागि राष्ट्रिय सभा गृहको प्रदर्शनी हल, लबी, पार्किङस्थल तथा बगैँचा उपलब्ध गराइदिन माग गरेको छ।
कांग्रेस केन्द्रीय कार्यालयले राष्ट्रिय सभा गृहका प्रमुखलाई पत्र पठाउँदै आगामी २०८३ असोज १६, १७, १८ र १९ गते काठमाडौंमा आयोजना हुने १५औँ महाधिवेशनको तयारी, व्यवस्थापन तथा कार्यक्रम सञ्चालनका लागि असोज १५ गतेदेखि असोज २० गतेसम्म ६ दिन ती स्थान उपलब्ध गराइदिन अनुरोध गरेको हो।
कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षरित पत्रमा महाधिवेशनजस्तो महत्वपूर्ण राष्ट्रिय राजनीतिक कार्यक्रम सफल र व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक सहयोग, समन्वय तथा सहजीकरणका लागि आग्रह गरिएको छ।
कांग्रेसले महाधिवेशनको तयारीका क्रममा राष्ट्रिय सभा गृहको प्रदर्शनी हल, लबी, पार्किङस्थल र बगैँचा प्रयोग गर्न पाउनुपर्ने जनाएको छ।

