२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • दिउँसो २ बजे कांग्रेस कार्यसम्पादन समिति...

दिउँसो २ बजे कांग्रेस कार्यसम्पादन समिति बैठक, यी विषयमा हुँदैछ छलफल

दिउँसो २ बजे कांग्रेस कार्यसम्पादन समिति बैठक, यी विषयमा हुँदैछ छलफल

आइतवार, भाद्र २८ २०८३०७:५१
आइतवार, भाद्र २८ २०८३०७:५१
  • images

    काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (आइतबार) बस्दैछ ।

    बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

    बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी, सदस्यहरूका साथै सातै प्रदेशका प्रदेश सभापतिहरूलाई अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको छ ।

    बैठकमा देशको समसामयिक राजनीतिक अवस्था तथा पार्टीका आन्तरिक संगठनात्मक विषयहरूमा छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend