२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • रास्वपा सभापति रविको निर्देशन: पार्टी, संसद्...

रास्वपा सभापति रविको निर्देशन: पार्टी, संसद् र सरकारबीच सम्बन्ध मजबुत बनाऔँ

रास्वपा सभापति रविको निर्देशन: पार्टी, संसद् र सरकारबीच सम्बन्ध मजबुत बनाऔँ

आइतवार, आश्विन ४ २०८३०३:५३
आइतवार, आश्विन ४ २०८३०३:५३
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी, संसद् र सरकारबीचको सम्बन्धलाई थप बलियो बनाएर अघि बढ्नुपर्ने बताएका छन्।

    आइतबार बसेको रास्वपा सचिवालय बैठकमा सभापति लामिछानेले पार्टी, संसद् र सरकारबीच अन्योन्याश्रित सम्बन्ध रहेकाले तीनै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको धारणा राखेका हुन्।

    बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता जगदीश खरेलले सभापति लामिछानेले पार्टी, संसद् र सरकारबीचको सम्बन्ध सुदृढ बनाएर अघि बढ्न निर्देशन दिएको जानकारी दिए।

    उनका अनुसार बैठकमा लामिछानेले पार्टीका नेता, सांसद तथा समर्थकको अनुशासनका विषयमा समेत निर्देशनात्मक धारणा राखेका थिए।

    सचिवालय बैठकमा पार्टीको आन्तरिक गतिविधि तथा समसामयिक विषयमा समेत छलफल भएको बताइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend