२०८३, आश्विन १९ गते

images
  • समाचार
  • प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ६...

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ६ करोड मौज्दात, बाढी प्रभावितका लागि एक अर्ब निकासा

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ६ करोड मौज्दात, बाढी प्रभावितका लागि एक अर्ब निकासा

मंगलवार, आश्विन ६ २०८३०२:२१
मंगलवार, आश्विन ६ २०८३०२:२१
  • images

    काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ । हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा गरी १५ अर्बभन्दा बढी मौज्दात छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा हाल ११ अर्ब २७ करोड दुई लाख ६० हजार ६८५ तथा हिमालयन बैंंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा दुई करोड ४८ लाख चार हजार ७०२ अमेरिकी डलर मौज्दात छ । सबै खातामा गरी १५ अर्ब छ करोड ५६ लाख २८ हजार १६७ मौज्दात छ ।

    सरकारले उक्त कोषमा जम्मा भएको रकमबाट यसअघि एक अर्ब बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend