२०८३, आश्विन १९ गते

images

फ्लाइ दुबईको पोखरा उडान दोस्रो दिन पनि उत्साहजनक, १२२ यात्रु आए १४३ जना फर्किए

फ्लाइ दुबईको पोखरा उडान दोस्रो दिन पनि उत्साहजनक, १२२ यात्रु आए १४३ जना फर्किए

शुक्रवार, आश्विन ९ २०८३०८:०१
शुक्रवार, आश्विन ९ २०८३०८:०१
  • images

    काठमाडौँ । दुबई–पोखरा–दुबई सिधा उडान सुरु भएको दोस्रो दिन यात्रुको सङ्ख्या उत्साहजनक देखिएको छ । फ्लाइ दुबईले बुधबारदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा १६५ यात्रु क्षमताको जहाजबाट नियमित उडान सुरु गरेको थियो । दोस्रो दिन पनि दुबई–पोखरा उडानमार्फत १२२ यात्रु पोखरा अतवरण गरेका थिए । 

    पोखराबाट दुबईका लागि १४३ जनाले यात्रा गरेको पोखरा अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार दोस्रो दिनको उडान उत्साहप्रद देखिएको छ ।

    पोखरामा साँझ ६ः१९ बजे अतवरण गरेको जहाज ७ ः४४ मा पुनः दुबई फर्किएको थियो । पहिलो दिन दुबईबाट ११३ जना यात्रु ल्याएको विमानले पोखराबाट फर्किँदा १५२ यात्रु बोकेको थियो ।

    fly dubai.jpg

    “पोखरामा फ्लाइ दुबईको दुई दिनको उडानलाई हेर्दा उत्साहजनक मान्न सकिन्छ । दसैँ तिहारलगायतका चाडपर्वसमेत निजिकिएकाले दुबईबाट आउने यात्रुको सङ्ख्या थप वृद्धि हुने अपेक्षा गरेका छौँ । यहाँ आएका यात्रुलाई फर्किँदा यही विमानस्थल प्रयोग गर्न आग्रह गरेका छौँ । यसबाट अन्तरराष्ट्रिय उडान नियमित र दीर्घकालीन हुने विश्वास छ”, महाप्रवन्धक निरौलाले भने । 

    पोखराबाट विश्वका धेरै सहरसँग सिधा हवाई सम्पर्क स्थापित गर्ने उद्देश्यले २०७९ पुस १७ गतेदेखि सञ्चालनमा आएको पोखरा अन्तरराष्ट्रिय विमानस्थल लामो समय आन्तरिक उडानमा सीमित भएको थियो । फ्लाइ दुबईले उडान भरेपछि पोखरेली उत्साहित छन । फ्लाइ दुबईले सन् २०२७ को मार्च २६ अर्थात् छ महिनाका लागि टिकट बुकिङ खुला गरिसकेको छ ।

    फ्लाइ दुबईको उडानसँगै पोखरा तथा गण्डकी प्रदेशको अन्तरराष्ट्रिय हवाई सम्पर्क विस्तार, पर्यटन प्रवर्द्धन तथा यात्रु आवागमनमा थप सहज भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले बताए। 

    flu dubai1.jpg

    उनका अनुसार उडान दिगो र दीर्घकालीन बनाउनका लागि पोखराका विभिन्न पर्यटकीय प्याकेजमा छुट दिइएको छ । नेपाल पर्यटन बोर्डले पोखरा उडानलाई दिगो र नियमित बनाउनका लागि अन्तरराष्ट्रिय प्रवर्द्धनमा जोड दिन विभिन्न कार्यक्रम अगाडि बढाउने तयारी थालेको बोर्ड सदस्य सन्तोष पोखरेलको भनाइ छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend