काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार सोमबार सुन प्रतितोला ५ हजार रुपैयाँले घटेको हो ।
योसँगै सोमबार छापावाल सुनको मूल्य २ लाख ९५ हजार ३०० रुपैयाँमा झरेको छ । आइतबार ७०० रुपैयाँले बढेर सुनको मूल्य २ लाख ९९ हजार ३०० रुपैयाँ थियो ।
यस्तै, सोमबार चाँदीको मूल्य १४५ रुपैयाँले घटेर ४ हजार ५१० रुपैयाँमा झरेको महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य ३५ रुपैयाँ बढेर ४ हजार ६५५ रुपैयाँ थियो ।

