२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • प्रमुख प्रशासकीय अधिकृत नै ३ महिनामा...

प्रमुख प्रशासकीय अधिकृत नै ३ महिनामा २१ दिन हाजिर भएपछि...

प्रमुख प्रशासकीय अधिकृत नै ३ महिनामा २१ दिन हाजिर भएपछि...

शनिवार, कार्तिक ३ २०८१०६:३१
शनिवार, कार्तिक ३ २०८१०६:३१
  • images

    काठमाडौँ । राप्ती नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत ३ महिनामा २१ दिन मात्रै कार्यालयमा उपस्थित भएको पाइएको छ । 

    चितवनको राप्ती नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा सत्यनारायण  शाह गत साउन २८ गते हाजिरि भएका थिए । पालिकामा हाजिरि भएको दिनदेखि उनी असोज मसान्तसम्म २१ दिन मात्रै कार्यालयमा उपस्थित भएको पालिकाले जनाएको छ । 

    पालिकाका प्रमुख शमसेर लामाले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै सम्बोधन गरेर पत्र पठाउँदै सहजीकरण गरिदिन आग्रह गरेका हुन् । 

    उनले लेखेको पत्र अनुसार प्रमुख प्रशासकीय अधिकृत शाह साउनमा ३ दिन, भदौमा ९ दिन र असोजमा ९ दिन गरी हालसम्म २१ दिनमात्रै कार्यालयमा उपस्थित भएका हुन् ।

    उनी नियमित कार्यालयमा नआउँदा नगरपालिकाको नियमित आर्थिक तथा प्रशासनिक कार्य समेत प्रभावित भएको पत्रमा उल्लेख गरेका छन् । उनले हाकिम कार्यालयमा नआउँदा कर्मचारीको मासिक तलव तथा भत्ता र नियमित गर्नुपर्ने भुक्तानी सबै रोकिएको बताए । 

    rapti notice.jpeg

    पालिकाले गत असोज २ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाउँदै प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा अनुपस्थित भएको जनाएको थियो । 

    मन्त्रालयले समन्वय नगरेपछि मेयर लामाले प्रमुख प्रशासकीय अधिकृतका लागि प्रधानमन्त्री नै गुहारेका हुन् । पालिकामा अनुपस्थित भएको सम्बन्धमा सम्र्पक गर्न खोज्दा हाकिम शाहसँग सम्पर्क नै हुन सकेन् । 

    मेयरलाई जानकारी नगराई विदामा बसे हाकिम, मेयरले गुहारे मन्त्रालय मेयरलाई जानकारी नगराई विदामा बसे हाकिम, मेयरले गुहारे मन्त्रालय

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend