काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य तोलामा ३ हजार ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
योसँगै मंगलबार छापावाल सुनको मूल्य २ लाख ९० हजार ५०० रुपैयाँमा झरेको छ । सोमबार ५ हजार रुपैयाँले घटेर सुनको मूल्य २ लाख ९५ हजार ३०० रुपैयाँमा झरेको थियो ।
यस्तै, मंगलबार चाँदीको मूल्य ११५ रुपैयाँले घटेर ४ हजार ३९५ रुपैयाँमा झरेको महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य १४५ रुपैयाँले घटेर ४ हजार ५१० रुपैयाँ थियो ।

