काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार भेटवार्ता भएको छ ।
ओलीलाई भेट्न देउवा पत्नी आरजुसहित शनिबार दिउँसो साढे ३ बजे बालकोट पुगेका थिए । उनीहरुबीच करिब सवा दुई घण्टा कुराकानी भएको नेताहरु निकट स्रोतले जानकारी दिएको छ ।
एमाले उच्च स्रोतका अनुसार ओली कमलादीको कार्यक्रम छाडेर भक्तपुरको बालकोटस्थित निवासमा भेटवार्ता गरेका हुन् ।
कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलालको कार्यक्रममा प्रचण्ड–माधव लगायतका नेताहरू कम्युनिस्ट एकताको ‘अपरिहार्यता’बारे चर्चा गरिरहँदा ओली भने विपक्षी गठबन्धनका सभापतिसँग भेटमा थिए ।
सत्ता गठबन्धन मुख्य घटक एमालेका अध्यक्ष ओली र कांग्रेस सभापति देउवाबीचको यो भेटघाटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

