२०८३, श्रावण २५ गते

images
  • समाचार
  • ‘नेवाः संस्कार व उकिया विधि’ सम्बन्धी...

‘नेवाः संस्कार व उकिया विधि’ सम्बन्धी पुस्तक अब नेपाली र अंग्रेजी भाषामा

‘नेवाः संस्कार व उकिया विधि’ सम्बन्धी पुस्तक अब नेपाली र अंग्रेजी भाषामा

images
सीएनएन खबर
आइतवार, कार्तिक ४ २०८१०४:५०
सीएनएन खबर
आइतवार, कार्तिक ४ २०८१०४:५०
  • काठमाडौँ । ‘नेवाः संस्कार व उकिया विधि’ सम्बन्धी पुस्तक अब नेपाली र अंग्रेजीमा समेत प्रकाशन भएको छ । यसअघि नेवा भाषामा मात्रै रहेको उक्त पुस्तक अब दुई भाषामा प्रकाशीत भएको हो । 

    नेवारहरुले आफ्नो जीवनमा गर्नु पर्ने बिबिध संस्कारहरु गर्दा मार्गदर्शन प्रदान गर्नुका साथै एकरुपता ल्याउने हेतुले स्व. बलदेव जुजूले उक्त पुस्तक प्रकाशन गरेका थिए । उक्त पुस्तकलाई दया फाउन्डेसनले नेपाली र अंग्रेजी भाषामा उल्था गर्न लगाई प्रकाशन गरेको हो । 

    उक्त अनुवादित पुस्तकको साथसाथै दया फाउन्डेसनको संस्कृति क्षेत्रमा गरेका विभिन्न गतिविधिहरूको बारेमा प्रकाशित गरिएको स्मारिका पुस्तक ‘कल्चर थ्रू दी आइज अफ युथ’ पुस्तकको विमोचन भएको छ । आइतबार काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डंगोलले एक समारोहका वीच पुस्तक विमोचन गरेकी हुन् । 

    ‘नेवाः संस्कार व उकिया विधि’ पुस्तकको नेपालीमा अनुवाद सञ्जय शर्मा राजोपाध्याय् र अङ्ग्रेजी भाषामा अनुवाद आभास धरनन्द राजोपाध्यायले गरेका थिए । सो पुस्तकलाई देश विदेशमा सजिलै पुर्याउने संस्थाको वेबसाइट धधध।मबथबायगलमबतष्यल।यचन।लउ मार्फत डाउनलोड पनि गर्न सकिनेछ ।

    नेवा संस्कृति एक सम्वृद्ध संस्कृति भएको र आज विमोचित पुस्तकले देश विदेशका नेवारहरुको संस्कारमा एकरुपता ल्याई नेवारहरुलाई एकिकृत गर्न सहयोग पु¥याउने काठमाडौँ महानगरका उपमेयर डंगोलले बताईन । 

    विमोचित पुस्तकले नेवारहरुको संस्कारमा मार्गदर्शन प्रदान गर्नुका साथै दया फाउन्डेसन समाजसेवी स्व.दयाराम भक्त माथेमा कै पाईला पच्छ्याई यस्तै लोक उपयोगी सामाजिक कार्यहरु गर्दै जाने कुरा दया फाउन्डेसनका संस्थापक अध्यक्ष निभा माथेमा प्रधानले बताईन । 

    दया फाउण्डेशन समाजसेवी स्व.दयाराम भक्त माथेमाको स्मृतिमा उनको परिवारद्वारा पारिवारिक ट्रस्टको रुपमा समाजसेवाको लागी सन् २००९ मा स्थापित संस्था हो । जसको तीन मूलभूत उद्देश्यमा शिक्षा, स्वास्थ्य र संस्कृति पर्दछ । 

    उक्त समारोहमा नेवा संस्कृति अनुसार समय् बजी पनि सजाएर राखिएको थियो  र नेपालका लागि नर्वे का राजदूत महामहिम टोरुन द्रमदल संगसंगै काठमाडौँ महानगरपालिका वडा नं १८ का अध्यक्ष न्हुच्छे काजी महर्जन, वडा नं १९ का अध्यक्ष राजेशकुमार श्रेष्ठ, वडा नं २० का अध्यक्ष राजेन्द्र मानन्धर, वडा नं २२ का अध्यक्ष चीनी काजी महर्जन, वडा नं २३ का अध्यक्ष मचा राजा महर्जन, त्रिभुवन विश्वविद्यालयका उप कुलपति तथा जापानका लागि नेपाली पूर्व राजदूत केदार भक्त माथेमा लगायत बाक्लो जन उपस्थिति थियो । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend