२०८३, आश्विन २८ गते

images

बाढी प्रभावित ऋणीलाई राष्ट्र बैंकको राहत, ऋणको किस्ता तिर्ने समय पुससम्म थप

बाढी प्रभावित ऋणीलाई राष्ट्र बैंकको राहत, ऋणको किस्ता तिर्ने समय पुससम्म थप

images
बुधवार, आश्विन २८ २०८३११:२१
बुधवार, आश्विन २८ २०८३११:२१
  • images

    काठमाडौँ । १० भदौको भोटेकोशी र २५ असोजको बुढीगण्डकी बाढीबाट प्रभावित ऋणीले असोज मसान्तसम्म तिर्नुपर्ने साँवा तथा ब्याजको किस्ता पुस मसान्तसम्म बुझाउँदा हुने भएको छ ।

    नेपाल राष्ट्र बैंकले मंगलबार क, ख र ग वर्गका बैंक, लघुवित्त र पूर्वाधार विकास बैंकको नाममा छुट्टाछुट्टै निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

    बाढीग्रस्त क्षेत्रमा प्रत्यक्ष असर परेका उद्यम, परियोजना वा व्यवसाय, रसुवा भन्सार नाकाबाट हुने कच्चा पदार्थ, अर्ध–तयारी तथा तयारी मालवस्तुको आयात वा निर्यातमा आधारित व्यवसाय एवं बाढीग्रस्त क्षेत्रमा प्रभावित ऋणीको हकमा यो सुविधा लागू हुनेछ ।

    ‘ऋणको हकमा बिक्री तथा आम्दानी, नगद प्रवाह, जगेडामा रहेको रकमलगायतका ऋणीको वित्तीय अवस्था, आयात एवं निर्यातमा परेको असर र कर्जा सदुपयोगिताको यथार्थपरक विश्लेषण गरी कठिनाइ भएका ऋणीको ०८३ असोज मसान्तमा किस्ता भुक्तानी गर्ने समयावधि ०८३ पुस मसान्तसम्म थप गर्न सक्नेछन्,’ केन्द्रीय बैंकले निर्देशनमा भनेको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend