२०८३, आश्विन २९ गते

images
  • अर्थतन्त्र
  • करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट...

करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम मिति असोज ३१

करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम मिति असोज ३१

images
बिहिवार, आश्विन २९ २०८३१०:३३
बिहिवार, आश्विन २९ २०८३१०:३३
  • images

    काठमाडौं । आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन खरिद बिलको विवरण प्रविष्ट गर्ने अन्तिम मिति असोज ३१ गते तोकिएको छ।

    विभागका अनुसार २०८३ साल असोज १६ गतेदेखि ३१ गतेसम्मको अवधिमा नगद भुक्तानी गरी वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताले आफ्नो खरिद बिलको विवरण अनलाइनमार्फत प्रविष्ट गरी उपहार कुपन प्राप्त गर्न सक्नेछन्।

    उक्त अवधिका उपहार कुपन आगामी कात्तिक १ गते खोलिने र विजेताको घोषणा गरिने विभागले जनाएको छ।

    कार्यक्रममा सहभागी हुन इच्छुक उपभोक्ताले असोज ३१ गते शनिबारभित्र विभागको आधिकारिक वेबसाइट prize.ird.gov.np मा गएर खरिद बिलको विवरण प्रविष्ट गर्नुपर्नेछ।

    कर प्रणालीलाई थप पारदर्शी बनाउने, उपभोक्तालाई खरिद बिल लिन प्रोत्साहित गर्ने तथा व्यवसायीलाई अनिवार्य रूपमा बिल वा बीजक जारी गर्न प्रेरित गर्ने उद्देश्यले विभागले यो कार्यक्रम सञ्चालन गर्दै आएको छ।

    विभागले पुरस्कार प्राप्त गर्न खरिद बिल अनिवार्य हुने भएकाले वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिन उपभोक्तालाई आग्रह गरेको छ। त्यस्तै, वस्तु तथा सेवा बिक्री गर्दा अनिवार्य रूपमा बिक्री बिल वा बीजक जारी गर्न पनि सबै व्यवसायीलाई अनुरोध गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend