२०८३, आश्विन २९ गते

images
  • अर्थतन्त्र
  • विपद्पछिको पुनरुत्थान र जलवायु–उत्थानशील पुनर्निर्माणमा सहयोग...

विपद्पछिको पुनरुत्थान र जलवायु–उत्थानशील पुनर्निर्माणमा सहयोग गर्न एडीबीलाई अर्थमन्त्रीको आग्रह

विपद्पछिको पुनरुत्थान र जलवायु–उत्थानशील पुनर्निर्माणमा सहयोग गर्न एडीबीलाई अर्थमन्त्रीको आग्रह

images
बिहिवार, आश्विन २९ २०८३०१:३९
बिहिवार, आश्विन २९ २०८३०१:३९
  • images

    काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान र जलवायु–उत्थानशील पुनर्निर्माणमा नेपाललाई सघाउन  एसियाली विकास बैंकलाई आग्रह गरेका छन्। 

    थाइल्याण्डको राजधानी बैंकमा जारी विश्व बैंक र अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंककमा रहेका अर्थमन्त्री डा वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्दाबीचको भेटवार्ता सो आग्रह गरिएको हो ।

    त्यसअवसरमा अर्थमन्त्री डा वाग्लेले विपद्पश्चात्को पुनरुत्थान, जलवायु–उत्थानशील पुनर्निर्माण र नेपालका दीर्घकालीन आर्थिक प्राथमिकता अगाडि बढाउनका लागि स्रोत परिचालन गर्न बैंकका अध्यक्ष मासातो कान्दालाई आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

    भेटवार्तामा बाढीपछि उद्धारमा सहयोग गर्न आपतकालीन अनुदान छिटो स्वीकृति र ऐक्यबद्धता जाहेर गरिएकामा मन्त्री डा वाग्लेले एशियाली विकास बैंकप्रति नेपालको तर्फबाट कृतज्ञता व्यक्त गरेका थिए । 

    त्यस अवसरमा अध्यक्ष कान्दाले नेपालको विकासका लागि सहकार्य आफूको उच्च प्राथमिकतामा रहेको बताए ।

    छलफलमा भ्रमण दलमा रहेका अर्थसचिव डा घनश्याम उपाध्याय र मन्त्रालयका सहसचिव अमृत लम्साल पनि सहभागी थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend