२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • अमेरिका विरूद्धकाे टी–२० आई सिरिजमा नेपालको...

अमेरिका विरूद्धकाे टी–२० आई सिरिजमा नेपालको क्लिन स्वीप

अमेरिका विरूद्धकाे टी–२० आई सिरिजमा नेपालको क्लिन स्वीप

सोमवार, कार्तिक ५ २०८१०९:४९
सोमवार, कार्तिक ५ २०८१०९:४९
  • images

    काठमाडौं । अमेरिको ग्राण्ड प्रेरी क्रिकेट स्टेडियममा भएको टी–२० आई सिरिजमा नेपालले क्लिन स्वीप गरेको छ। नेपालले घरेलु टोली अमेरिकालाई तीन वटै खेलमा पराजित गरी क्लिन स्वीप गरेको हो।

    गत शुक्रबारदेखि सुरु भएको सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको थियो भने हिजो आइतबार भएको खेलमा सुपर ओभरमा नेपाललाई हराएको थियो।

    त्यस्तै, आज भएको खेलमा नेपालले अमेरिकालाई ८ विकेटले हराएर सिरिजमा क्लिन स्वीप गरेको हो।

    टस जितेर ब्याटिङ्ग रोजेको अमेरिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १५६ रन बनाएको थियो। १५७ रनको लक्ष्य पछ्याएर जवाफि ब्याटिङ्गमा उत्रिएको नेपालले १८.४ ओभरमा २ विकेट गुमाइ लक्ष्य प्राप्त गरेको थियो।

    नेपालका लागि आशिफ शेखले सर्वाधिक ५० रन बनाएका थिएन भने कुशल मल्लले ४४, कुशल भुर्तेलले ४० र अनिल शाहले १३ रन बनाएका थिए। त्यसैगरी, सोमपाल कामीले अमेरिकाको ३ विकेट लिएका थिए भने रिजन ढकाल र ललित राजवंशीले १–१ विकेट लिएका थिए।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend