२०८३, मंसिर ७ गते

  • कर्पोरेट
  • साताको पहिलो कारोबार दिन घट्यो सुनचाँदीको...

साताको पहिलो कारोबार दिन घट्यो सुनचाँदीको मूल्य

साताको पहिलो कारोबार दिन घट्यो सुनचाँदीको मूल्य

images
आइतवार, कार्तिक १५ २०८३१०:३७
आइतवार, कार्तिक १५ २०८३१०:३७
  • images

    काठमाडौँ । साताको पहिलो कारोबार दिन नेपाली बजारमा आइतबार सुनचाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आइतबार सुनको मूल्य प्रतितोला ८ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १७५ रुपैयाँले घटेको हो ।

    महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७२ हजार रुपैयाँ कायम भएको छ। शुक्रबार र शनिबार सुन प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी आज चाँदी प्रतितोला ३ हजार ६५० रुपैयाँ तोकिएको छ। शुक्रबार र शनिबार चाँदी प्रतितोला ३ हजार ८२५ रुपैयाँमा किनबेच भएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend