२०८३, आश्विन २० गते

images

२५ अंकले बढ्यो शेयर बजार, कारोबार रकम भने घट्यो

२५ अंकले बढ्यो शेयर बजार, कारोबार रकम भने घट्यो

मंगलवार, कार्तिक ६ २०८१०३:२५
मंगलवार, कार्तिक ६ २०८१०३:२५
  • images

    काठमाडौं ।  आइतबार र सोमबार घटेको शेयर बजार मंगलबार भने बढेको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंक २५.८८ बढेर २६ सय ६५ दशमलव ८१ को बिन्दुमा रोकिएको छ ।

    आज शेयर बजार मापक परिसुचक नेप्से बढेपनि कारोबार रकममा भने गिरावट आएको छ । हिजो ५७ अंकले घटेको बजारमा ८ अर्ब माथिको कारोबार भएको थियो भने आज ४ अर्ब १७ करोडको कारोबार भएको छ । आज १९९ कम्पनीको शेयर मूल्य बढेको छ भने ४० कम्पनीको मूल्य घटेको छ ।

    आज दिनभरिमा ३१४ कम्पनीको १ करोड ९ लाख ६२ हजार २८१ कित्ता शेयर किनबेच भएको छ। आज सबैभन्दा धेरै गुडविल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १७ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै रावा इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशलमव ८६ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका हुन् ।

    हिजो यस कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका थिए । आज बैंकिङ्ग समूहको ०.६८ प्रतिशत, विकास बैंक समूहको १.२५ प्रतिशत, फाइनान्स समूहको ३.०३ प्रतिशत बढेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend