२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • समितिमा अड्किएका विधेयक छिटो पारित गरेर...

समितिमा अड्किएका विधेयक छिटो पारित गरेर पठाउन सभामुखको निर्देशन

समितिमा अड्किएका विधेयक छिटो पारित गरेर पठाउन सभामुखको निर्देशन

मंगलवार, कार्तिक ६ २०८१०५:४७
मंगलवार, कार्तिक ६ २०८१०५:४७
  • images

    काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिलाई विचाराधीन विधेयकमाथिको छलफल सकेर संसद्‌मा पठाउन निर्देशन दिएका छन्। 

    संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकहरूलाई सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा बोलाएर सभामुख घिमिरेले पुराना नयाँ सबै विधेयकलाई पारित गरेर संसद्‌मा पठाउन भनेका हुन्। 

    बैठकपछि प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सभामुखले कुन समितिमा कुन सांसदको अनुपस्थितिले गर्दा विधेयक पारित गर्न ढिलाइ भएको हो ? भन्ने जानकारी गराउन पनि सचिवालयलाई निर्देशन दिएको बताए।

    संसद्को आगामी अधिवेशन बोलाउनुअघि सभामुख घिमिरेले संसद्को काम कारबाही प्रभावकारी बनाउन छलफल गरेका हुन्। रास्वपा लगायतका दलले विशेष अधिवेशनको माग गरे पनि यसबारे छलफल नभएको उनले बताए। 

    छलफलमा उपसभामुख इन्दिरा रानासहित संसदीय समितिका सभापतिहरू, एमालेका मुख्य सचेतक महेश कुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे र माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डे सहभागी थिए। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend