२०८३, मंसिर ७ गते

  • राजनीति
  • पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न कांग्रेस...

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न कांग्रेस पदाधिकारीको आकस्मिक बैठक बस्दै

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न कांग्रेस पदाधिकारीको आकस्मिक बैठक बस्दै

images
बुधवार, कार्तिक १८ २०८३०३:४१
बुधवार, कार्तिक १८ २०८३०३:४१
  • images

    काठमाडौं । नेपाली कांग्रेसले पछिल्लो राजनीतिक घटनाक्रमबारे पार्टीको धारणा तय गर्न केन्द्रीय पदाधिकारीहरूको आकस्मिक बैठक बोलाउने तयारी गरेको छ।

    पार्टीका पदाधिकारीहरूबीच पछिल्लो राजनीतिक परिस्थितिलगायत समसामयिक विषयमा छलफल गरी आवश्यक धारणा तय गर्न बैठक बस्न लागेको हो।

    बैठक आज दिउँसो ४ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने तयारी रहेको छ।

    बैठकबारे जानकारी दिँदै नेपाली कांग्रेसले समाचार संकलनका लागि सञ्चारकर्मीहरूलाई दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ।

    बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र त्यसबारे पार्टीले लिनुपर्ने धारणाका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend