२०८३, मंसिर ७ गते

  • उर्जा
  • पहिलो त्रैमासिकमा सिँचाइ विभागको २ अर्ब...

पहिलो त्रैमासिकमा सिँचाइ विभागको २ अर्ब ३९ करोड खर्च, ८८ प्रतिशत पुँजीगत खर्च

पहिलो त्रैमासिकमा सिँचाइ विभागको २ अर्ब ३९ करोड खर्च, ८८ प्रतिशत पुँजीगत खर्च

images
बिहिवार, कार्तिक १९ २०८३१०:१७
बिहिवार, कार्तिक १९ २०८३१०:१७
  • images

    काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा सिंचाइ आयोजनाहरूले उत्साहजनक सुरुवात गरेका छन् ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिंचाइ विभागअन्तर्गत पहिलो त्रैमासिकमा रु. २३९.३ करोड खर्च भएको छ । त्यसमध्ये ८८ प्रतिशत पुँजीगत अर्थात् निर्माण कार्यमा खर्च भएको विभागका महानिर्देशक दिनेश रजौरियाले बताए । 

    उनकाअनुसार महाकाली सिंचाइ आयोजना (कञ्चनपुर) ले त्रैमासिक भौतिक लक्ष्यको ९७.२ प्रतिशत हासिल गरेको छ । आयोजनाले रु. ४३.७ करोड खर्च गरेको छ, जुन त्रैमासिक बजेटको अढाई गुणाभन्दा बढी हो।

    महानिर्देशक रजौरियाले त्रैमासिक लक्ष्यको तुलनामा बबई  सिंचाइ आयोजनाले ८१.८ प्रतिशत, सिक्टा  सिंचाइ आयोजनाले ८०.२ प्रतिशत र रानी जमरा कुलरिया सिंचाइ आयोजनाले ७१ प्रतिशत भौतिक प्रगति गरेको बताए । 

    'यी चार ठूला आयोजनाले मात्र १३९ करोड खर्च गरेका छन्, जुन विभागको कुल खर्चको ५८ प्रतिशत हो,' उनले भने । 

    विभागकाअनुसार प्रगन्ना-बड्कापथ (दाङ) ले ८८.२ प्रतिशत प्रगति गरेको छ । गहिरो ट्युबवेल सिंचाइ आयोजना र सिंचाइ संस्थागत विकास कार्यक्रमले शत प्रतिशत लक्ष्य पूरा गरेका छन् ।

    'तयारी पुगेका आयोजनामा बजेट र काम दुवै अघि बढेका छन् । दोस्रो त्रैमासिकमा ढिलो सुरु भएका आयोजनालाई पनि यही गतिमा ल्याउनु हाम्रो प्राथमिकता हुनेछ,' महानिर्देशक रजौरियाले भने ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend